सात नम्बर प्रदेशमा यस्तो छ नेकपा भित्र नेतृत्वको लडाई

सात नम्बर प्रदेशमा यस्तो छ नेकपा भित्र नेतृत्वको लडाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली- तत्कालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ । प्रदेश सातमा कैलाली जिल्ला तत्कालिन एमालेको भागमा परेपछि अध्यक्षको लागी नेता कार्यक्रताको लबीङ शुरु भएको छ ।प्रदेशको कार्यदलले कैलालीमा अध्यक्ष तत्कालिन एमालेको भागमा र सचिब माओबादी केन्द्रको भागमा यस अघी नै भागबण्डा गरेको छ ।

अध्यक्षको लागी कैलालीमा एमालेका पुराना नेता दिनेश चन्द्र सुबेदीको नाम बढी चर्चामा रहेको भए पनि तत्कालिन एमालेका सचिब रण बहादुर चन्द रुष्ट्र बनेका छन । चन्द अहिलेसम्म कुनै पनि लाभको पदमा बसेका छैनन । सचिबमा माओबादी केन्द्रबाट रमेश धामी, लाल बाहादुर सोडारी ,हरी श्रीपायलीको नाम चर्चामा रहेको छ ।

धामी गत सम्पन्न निर्बाचनमा प्रदेश सांसदमा पराजित भएका हुन् । सोडारी तत्कालिन माओबादी केन्द्रका जिल्ला अध्यक्ष हुन् भने श्रीपायली पूर्व सांसद हुन् । उता कन्चनपुरमा अध्यक्ष तत्कालिन माओबादी केन्द्रको भागमा परेपछि अध्यक्षको दौडमा वीर बहादुर थापा पातल रहेका छन् । उनी अध्यक्ष बन्ने प्राय निश्चित जस्तै छ । थापा जनयुद्धमा निकै दुख पाएका नेता हुन । उनि सात वर्ष जेल परेका थिए भने अहिलेसम्म कुनै पनि लाभको पदमा पुगेका छैनन् ।

कन्चनपुरमा सचिबका लागी पल्लब भट्ट ,रण बाहादुर महरा र रबिन्द्र कुवरको नाम चर्चामा रहेको छ । प्रदेश सातका अन्य जिल्लामा पनि नेत्रित्वको लागी तत्कालिन एमाले र माओबादी भित्र आन्तरिक रस्साकस्सी चलेको छ ।प्रदेश सातमा कैलाली,डोटी, बाजुरा,अछाम र बैतडी तत्कालीन एमाले र कन्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा तत्कालीन माओवादीले नेकपाको नेतृत्व गर्ने सहमती भएको छ ।