मेस्सीबिना पीएसजीको जित

मेस्सीबिना पीएसजीको जित


काठमाण्डु – रिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पार्न सफल भएको हो ।

लिग वानमा अच्राफ हाकिमीको दुई गोलमा पीएसजीले लगातार सातौं खेलमा जित निकालेको हो । मोरक्कोका डिफेन्डर हाकिमीले पाँचौ मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । मेट्जका कौयतले खेलको ३४औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बनेको थियो । नेयमारको पासलाई सदुपयोग गर्दै हाकिमीले खेलको अन्तिम समयमा पीएसजीलाई जित दिलाएका थिए ।