जनताका अधिकार सुनिश्चित गर्ने लक्ष्यमा अग्रसर छौँ : मन्त्री मगर

जनताका अधिकार सुनिश्चित गर्ने लक्ष्यमा अग्रसर छौँ : मन्त्री मगर


रौतहट– खानेपानीमन्त्री विना मगरले वर्तमान सरकार नेपाली जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यतिर अग्रसर भएको बताएकी छिन् । रौतहटको कटहरिया नगरपालिकामा आयोजित कटहरिया साना सहरी खानेपानी तथा सरसफाई संस्थाको शिलान्यास गदै मन्त्री मगरले यस्तो बताएकी हुन् ।

जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत समृद्ध र आर्थिक रुपमा सक्षम नेपाल बनाउन दिएका हुन् । हामीले हिजो चुनावका क्रममा पेश गरेको घोषणापत्रमा नेपाललाई समृद्ध बनाउने कुरो समान हक अधिकारको कुरो सुनिश्चित गर्दै नेपाली युवाहरूलाई नेपाल फर्काउँदै सुन्दर नेपालको परिकल्पना गरिराखेका छौँ।’ उनले भनिन्, ’हामी समाजवादको लक्ष्यतिर अगाडि बढिराखेका छौँ।’

शिलान्यास कार्यक्रममा उनले स्वच्छ खानेपानी संविधानमा नै नेपाली जनताको मौलिक हकमा समावेश भएकाले आफूले सोही अनुसार काम गरिरहेको बताईन् । ’नेपालमा अहिले स्वच्छ खानेपानी जनताको सर्वसुलभ पहुँचमा राख्नुपर्ने विषय अहिलेको संविधानमा मौलिक अधिकारका रुपमा राखिएको छ ।’ उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानी र्पु¥याउनका लागि मन्त्रालय दीर्घकालिन कार्ययोजनासहित काम गरिरहेको बताईन् ।

राष्ट्रको पहिचान सरसफाई र स्वच्छ खानेपानीसँग जोडिएको हुन्छ। राष्ट्र कस्तो छ भन्ने कुरा त्यहाँको वातावरण, समाजले इंगित गरेको हुन्छ।’ उनले देशका सबै क्षेत्रमा स्वच्छ खानेपानीको कार्यक्रम अभियानका रुपमा अगाडि बढाउने बताईन् । उनले भनिन्, ’खानेपानी मन्त्रालयको लक्ष्य भनेको नेपाली जनता, चाहे पूर्वका होउन् चाहे पश्चिमका, चाहे तराईका होउन् चाहे हिमालका होउन्, सबै जनताले स्वच्छ खानेपानी पिउने अधिकार पूर्ति हो।’

उनले मन्त्रालयले राष्ट्रलाई नयाँ दिशा दिने क्रममा स्वच्छ खानेपानीको आधारभूत भुमिका रहेको बताईन् । तराईका २२ ओटै जिल्लाहरूमा सरसफाइ र स्वच्छ खानेपानीको कार्यक्रम सुरु हुन गइरहेको उनको भनाइ थियो। त्यसैगरी हिमाली र पहाडी क्षेत्रमा पनि स्वच्छ वातावरण बनाउने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने उनले घोषणा गरीन् ।