चार अनाथ बालबालिकाका अभिभावक बने उर्जामन्त्री पुन र पुर्व सभामुख घर्ती

चार अनाथ बालबालिकाका अभिभावक बने उर्जामन्त्री पुन र पुर्व सभामुख घर्ती


रोल्पा – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन दुई जना अनाथ विद्यार्थीको अभिभावक बन्नु भएको छ । रोल्पाको बालकल्याण नमुना माध्यमिक विद्यालयमा उर्जामन्त्री पुनले बुधवार दुई जना विद्यार्थीको भर्ना गर्नुभएको हो ।

मन्त्री पुनले कक्षा १ मा भर्ना गरेकी कविता शाही र कक्षा २ मा भर्ना भएकी बविता शाही दुवै अनाथ बालिका हुन । मन्त्री पुनले उनीहरुको शिक्षा–दिक्षा सबै आफुले गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले समेत २ जना विद्यार्थीको भर्ना गर्नुभएको छ । पुर्व सभामुख घर्ती कक्षा ६ मा प्रसंशा सेन र कक्षा १० मा छोपिन्द्र विष्टलाई भर्ना गरेर अभिभावक बन्नुभएको छ । विष्ट र सेन दुवै आर्थीक अवस्था कमजोर भएका विद्यार्थी हुन् । विष्टले गिट्टी कुटेर अध्ययनलाई अगाडी बढाइरहेका छन् भने सेनाका वुवाको मृत्यु भइसकेको छ ।


उर्जामन्त्री पुनका निजी सचिव कमान बुढाले उर्जामन्त्री पुन र सभामुख घर्तिले ४ जना विद्यार्थीको भर्ना गरेर उच्च शिक्षासम्मको जिम्मेवारी लिनुभएको जानकारी दिनुभयो ।