पियोर इनर्जीको आइपीओ बाँडफाँड कहिले ?

पियोर इनर्जीको आइपीओ बाँडफाँड कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड यसै साता हुने भएको छ ।

वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको हो ।

आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो ।

पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।