काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेका छन् ।
सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधानबमोजिम स्वदेश नफर्किन्जेलसम्म खड्कालाई पार्टीको कार्यबाहक सभापति तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवा आईतबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
प्रतिक्रिया