काठमाडाैँ-नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीबाट तालिम पुरा गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापालाई सम्मान गरिएको छ । उनी उक्त तालिम पूरा गर्ने सेनाको पहिलो प्रधानसेनापति रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीका अवकाश प्राप्त महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले पनि सेनाको स्टाफ कलेज तालिम गरेका थिए । यो कलेजबाट हालसम्म स्वदेशी तथा विदेशी अधिकृत गरी ९ सय ७२ जनाले तालिम पूरा गरेका छन्।
तालिम पूरा गरेकाे अवसरमा थापा, खनाल र श्रेष्ठलाइ भएकाे कार्यक्रममा हल अफ फेम इन्डक्सनबाट सम्मान गरिएकाे छ।
स्टाफ कलेज शिवपुरीमा अध्ययनरत स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले कामको सिलशिलामा सफलता र नैरास्यता दुवै परिस्थितीको सामना गर्नु पर्ने तथा जस्तोसुकै विषम् तथा प्रतिस्पर्धात्मक परिस्थितीमा पनि ईमान्दार रही सहि ढंगबाट कार्य सम्पादन गर्न सुझाव दिए। साथै उनले सैनिक जीवन पश्चातपनि मर्यादित जीवनयापन गर्न तथा आइपर्न सक्ने अकल्पनिय परिस्थितीको सफलतापूर्वक सामना गर्न समेत यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए।
थापाले यस तालिमको उद्देश्य ज्ञान हासिल गर्ने मात्र नभई आजको बहुआयामिक परिस्थितिमा आई पर्ने विभिन्न चुनौतीहरुको सामना गर्न सक्ने सक्षम अधिकृत भई सहकार्यको बाटो खुल्ला गर्ने र तालिम पश्चा्त सैनिक संगठनको मध्यम तह स्टाफ तथा नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य अधिकृत हुनेमा विश्वानस समेत व्यक्त गरे।
प्रतिक्रिया