पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड, क्षत्रीद्वारा पद हस्तान्तरण

पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड, क्षत्रीद्वारा पद हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्णचन्द्र थापाले नेपाली सेनाको कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

थापालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार जंगीअड्डामा आयोजित समारोहमा पद हस्तान्तरण गरेका हुन्।  प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्दैछन्।

क्षत्रीले २४ भदौबाट अवकाश पाउँदैछन्। सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन्।

बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शुक्रबारदेखि लागु हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गरिएको थियो ।

बुझबुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि डिजिटलाइजेशनमार्फत कार्यालयमा कामको शुरुआत गरेका छन्।

उनले काठमाडौँ—तराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई हस्तान्तरण गरेका छन्।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् । परिवारमा कान्छो छोराको रुपमा वि.सं. २५ भाद्र २०१७ मा जन्मेका थापाको जन्म लमजुङको गाउँशहरमा भएको हो। बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।