काठमाडौं– कामु प्रधानसेनापति पूर्णचन्द्र थापा रुपन्देही पुगेका छन्।
थापा रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा सञ्चालित ‘केन्द्रीय स्तरको पेशागत प्रतियोगिता’ को निरीक्षण गर्न त्यहाँ पुगेका हुन्।
अवसरमा उपरथी अनुज बहादुर बस्न्यातले थापालाई सैनिक व्याट्ल स्कुलमा स्वागत गरेको नेपाली सेनाले जनाएको छ। उनले सहभागी फौजहरुले प्रदर्शन गरेको विभिन्न सैनिक कौशल तथा अभ्यासहरुको समेत निरीक्षण गरे।
नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पृतनार्न तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई-दुई वर्षमा यस्तो प्रकारको पेशागत प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ।
कार्यक्रममा सैनिक ईण्टलिजेन्स महानिर्देशक उपरथी जगदिश चन्द्र पोखरेल, मध्यपश्चित पृतनापति उपरथी राजेन्द्र कार्कीलगायत अन्य रथी तथा अधिकृतहरुको समेत सहभागीता रहेको थियो ।
निरीक्षण भ्रमण सम्पन्न गरी थापा बिहीबार नै काठमाडाैं फिर्ता भएका छन्।
प्रतिक्रिया