कीर्तिमान राखेर फर्किएकी पूर्णिमालाई काठमाडौँमा स्वागत

कीर्तिमान राखेर फर्किएकी पूर्णिमालाई काठमाडौँमा स्वागत


काठमाण्डु – एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेकी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई विमानस्थलमा भब्य स्वागत गरिएको हो ।

जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर कीर्तिमान बनाएकी थिइन् । उनले तीन पटक सगरमाथा आरोहण गरेकी छन् ।

श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के-टुको आरोहण गरेकी थिइन् ।