अल्लु अर्जुन स्टारर पुष्पा–३ को रिलीज मिति घोषणा

अल्लु अर्जुन स्टारर पुष्पा–३ को रिलीज मिति घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अन्ततः अल्लु अर्जुन स्टारर फिल्म पुष्पा–३ बन्नेनै भएको छ । ब्लकबस्टर एक्सन ड्रामा पुष्पा ३ को तेस्रो सिरिज आउने निश्चित भएको हो ।

‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् ।

उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए ।

‘पुष्पा २: द रुल’ को सफलता पछि ‘पुष्पा ३’ को घोषणा गरिएको हो । ‘पुष्पा २’ ले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।

राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ ।

अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।