पुष्प र सहाराका जोडी फेरि देखिँदै

पुष्प र सहाराका जोडी फेरि देखिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली फिल्म ‘दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एकपटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।

विश्वज्योति सिने प्लेक्स, जमलमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए ।

कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।

उनले भने, ‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो । सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ । अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिन सम्झिएँ । गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ ।’

आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए । अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन् ।

भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन् ।