‘गुमनाम’ रहने पुटिन कसरी बने संसारकै शक्तिशाली

‘गुमनाम’ रहने पुटिन कसरी बने संसारकै शक्तिशाली


काठमाण्डु– भ्लादिमिर पुटिनले जब २००० को सुरुमा रूसको कार्यवाहक राष्ट्रपतिका रूपमा सत्ता सम्हालेका थिए, त्यतिबेला यी पूर्व जासूस धेरैका लागि रहस्यमय नै थिए ।

तर पुटिनको विगत हेर्दा रूसका यी ‘करिश्मायी’ नेताले आफ्नो बाल्यकालका कठिन दिनलाई पार गर्दै कसरी राष्ट्रपतिको कार्यालयसम्म पुग्न बाटो बनाए ।

३१ दिसम्बर १९९९ का दिन रूसका तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनले संसारलाई नै आश्चर्यचकित गर्दै अचानक राजीनामाको घोषणा गरे । राजीनामा घोषणा गर्दा उनले भनेका थिए, ‘रूसले अब नयाँ नेता पाउने छ । बलियो र ऊर्जाबाट भरिपूर्ण नेता अब आउने छ ।’

१९९१ मा सोवियत संघको विघटनमा येल्तसिनले अहम भूमिका निर्वाह गरेका थिए । त्यस अवधिमा उनको कार्यकालमा रूस कठिन अवस्थाबाट गुज्रिरहेको थियो ।

त्यही समयमा रूसमा ठुलो परिवर्तन आयो । रूस साम्यवादी सरकार नियन्त्रित अर्थव्यवस्था अर्थात कम्युनिस्ट स्टेट रन इकोनमीबाट खुला बजार अर्थात ओपन मार्केट अर्थव्यवस्थामा प्रवेश गरेको थियो ।

येल्तसिनले राजीनामाको घोषणा मात्र गरेनन्, उत्तराधिकारी पनि चयन गरे । राजीनामा घोषणा गरेकै रात पुटिनलाई उनले उत्तराधिकारीमा चयन गरे । कार्यवाहक राष्ट्रपतिका रूपमा पुटिनले पहिलो टेलिभिजन सम्बोधन गरे ।

पहिलो सम्बोधनमा पुटिनले भनेका थिए, ‘रूसले अब सत्ताको संकट कहिल्यै हेर्नु पर्दैन ।’ त्यति मात्र होइन, पुटिनले चेतावनी दिदैँ पनि भनेका थिए, ‘कानुनको सीमा तोड्ने र रूसी संविधानलाई नमान्ने प्रयासलाई कठोरतापूर्वक कुल्चिने छ ।’

येल्तसिनको उत्ताउलो व्यवहारबाट दिक्क रूसी जनता दुब्लो–पातलो र शान्त देखिने पुटिनप्रति आकर्षित भए र उनी छिट्टै लोकप्रियताको शिखरमा पुगे । अगस्ट १९९९ मा पुटिन प्रधानमन्त्रीको शपथ लिए । त्यसअघि उनी पूर्वकेजीबी (रूसी जासुस एजेन्सी) अधिकारी थिए, जसलाई कसैले चिन्दैन्थे ।

त्यही वर्षको अन्त्यमा कार्यवाहक राष्ट्रपतिको पद सम्हालेपछि सोवियत संघको छेउमै चलिरहेको चेचन्याको युद्धमा अपनाएको कडा नीतिले पुटिनलाई झन लोकप्रिय बनायो ।

मार्च २००० मा निर्वाचन भयो । त्यस बेला पुटिनले पहिलो चरणमै ५३ प्रतिशत मत पाए र रूसको राष्ट्रपति चुनिए । २००० को निर्वाचन रूसी जनता अन्य विषयभन्दा आर्थिक स्थिरता चाहेको सन्देश दियो ।

तर, संसारकै सबैभन्दा ठुलो देशको शीर्ष पदमा पुग्ने यी रहस्यमयी पात्रका बारेमा दुनियालाई थोरैमात्रै थाहा छ । पुटिज जुडोमा ब्ल्याक बेल्ट पाएका छन । कानुन मिच्नेलाई उनी भन्थे, ‘तिमीहरू मुसा हौ, तिमीहरूलाई कुल्चिदिनु पर्छ ।’

पुटिन सेन्ट पिटर्सबर्ग (हाल लेनिनग्राद)मा पढे । यो शहरमा एकातर्फ पश्चिमी प्रभाव थियो भने अर्कोतर्फ महान रूसी साम्राज्यका अतीतका अवशेषहरू पनि थियो ।

पुतिनका जुडो कोच एनातोली राखलिनले बीबीसीलाई भनेका थिए, ‘पुटिन एक स्टार विद्यार्थी थिए । खेलमा पनि सिपालु थिए । ओलम्पिक खेलमा सहभागी हुन क्षमता राख्दथे ।’ पुटिनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘उनी सदैव जित्न चाहन्थे । त्यो जित तागतको बलमा होस् या विरोधीलाई चक्मा दिएरै होस् ।’

पुतिनको जन्म १९५२ मा दोस्रो विश्व युद्धको सात वर्ष पछि भएको हो । त्यसबेला सेनाले लेनिनग्रादलाई घेराबन्दीमा पारेका थिए । सेनासँगको मुठभेडमा पुटिनले दाई गुमाए भने उनको मातापिताको ज्यान मुश्किलले जोगिएको थियो ।

समीक्षकहरू पुटिनलाई चतुर तर आत्मनिर्भर मान्छन् । उनीहरू भन्छन्, ‘पुटिनमा अद्भूत क्षमता छ । टाढाबाटै घटनालाई बुझ्न सक्ने तागत र प्रभावित गर्न सक्ने खुबी छ ।’

‘पुटिन शान्त प्रकृतिका गम्भीर व्यक्ति हुन् । उनी कम बोल्छन् र काम धेरै गरिरहन्छन्,’ उनीहरू भन्छन् ।

केजीबी एजेन्ट बन्नु र गुप्त रूपमा देशको सेवा गर्नु पुटिनको इच्छा थियो । यो यस्ता व्यक्तिका लागि सबैभन्दा राम्रो सरकारी सेवा थियो जो मान्छेको लाइमलाइटबाट बच्न चाहन्छ ।

केजीबीमा प्रवेश गर्ने प्रेरणा १९६८ मा बनेको फिल्म ‘द शिल्ड एन्ड द स्वार्ड’बाट उनले पाएका थिए । जासुस अधिकारी बन्ने आफ्नो बाल्यकालको सपनाबाट पुटिन कहिले पनि पछि हटेनन् । विश्वविद्यालयमा पढाइ गरिरहदा उनले केजीबीमा तामिल पनि जारी राखेका थिए ।

रूसको सत्तामा पुटिन २५ वर्षदेखि शासन गर्दै आइरहेका छन् । यो सोवियत शासक जोसेफ स्टालिन पछि कुनै पनि नेताको सबैभन्दा लामो कार्यकाल हो ।

७२ वर्षीय पुटिन पाँचौं पटक राष्ट्रपति छन् । उनी रूसमा यति शक्तिशाली छन् कि उनको बर्खिलाप कुनै पनि विपक्ष छैन । यदि पुटिनले चाहे भने उनी २०३६ सम्म आरामले सत्तामा रहन सक्छन् ।