युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिन मरेपछि युद्ध समाप्त हुन्छ !

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिन मरेपछि युद्ध समाप्त हुन्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य बिग्रँदै गएको रिपोर्टका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनी चाँडै मर्ने टिप्पणी गरेका छन् । जेलेन्स्कीले पुटिन मरेपछि युक्रेन युद्ध समाप्त हुने पनि बताएका छन् ।

जेलेन्स्कीले बुधबार पेरिसमा युरोपेली पत्रकारहरूसँगको अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएका थिए ।

‘पुटिन जीवनभर सत्तामा रहन चाहन्छन् । उनको महत्वाकांक्षा युक्रेनमा मात्र सीमित छैन, तर यसले पश्चिमी देशहरूसँग प्रत्यक्ष टकराव पनि निम्त्याउन सक्छ,’उनले भनेका छन् ।

जेलेन्स्कीको बयानको एक दिन अघि अमेरिकाको मध्यस्थतामा ब्ल्याक सीमा रुस र युक्रेनबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकाले विश्वव्यापी कृषि र मल बजारमा रुसको पहुँच पुनस्र्थापित गर्न मद्दत गर्ने बताएको छ ।

युक्रेनी राष्ट्रपतिले युद्धमा अमेरिकाको सहयोगको लागि कृतज्ञता व्यक्त गरे । तर, साथै अमेरिका रुसको कथाबाट प्रभावित भएको पनि बताए । उनले भने, ‘हामी यी कथाहरूसँग सहमत हुन सक्दैनौं । हामी आफ्नै लागि लडिरहेका छौं ।’