कठमाडौं – लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीहरुलाई सम्बन्धित देशहरुले विमान चार्टर्ड गरेर स्वदेश फर्काएका छन् । ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडौंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका हुन् ।
नेपालस्थित फ्रान्सेली दूतावासको पहलमा कतार एयरवेजको विमान चार्टर्ड गरी जर्मनी, फ्रान्ससहित विभिन्न ५४ देशका मानिस स्वदेश फर्किएका छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् । फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दोहाबाट सोझै पेरिस जाने छ । लकडाउनयता कतार एयरवेजले नेपालका लागि ११ वटा चार्टर उडान गरीसकेको छ ।
प्रतिक्रिया