भैरहवा – भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।
चित्रकारकाअनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बांया पट्टीको टायर पंचर भएको छ । जहाज रनवेमा दुर्घटना भएपछि भैरहवामा केही समय उडान प्रभावित हुने भएको छ ।
जहाजजमा दुई मात्र पाइलट रहेका थिए । उनिहरु दुवै जना सकुहल रहेका छन् । पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेको जहाज रनवे देखि एक मिटर छेउमा समेत पुगेको छ ।
प्रतिक्रिया