अख्तियारलाई रवि लामिछानेको प्रश्न : ठूला माछा खै ?

अख्तियारलाई रवि लामिछानेको प्रश्न : ठूला माछा खै ?


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठूला माछा खै भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले अख्तियार लाग्ला कि भन्ने डर सोझासाझा र निमुखालाई मात्र भएको बताए ।

उनले भने, ‘५ वर्षयता मुद्दा दर्ताको संख्या घटेको छ । न डर रह्यो न भर ! डर सोझासाझा निमुखालाई मात्र भयो । राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि, प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर न भर भयो । अख्तियारको दाह्रा पनि रहेन, नंग्रा पनि भएन ।’

सभापति लामिछानेले अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै उनले ठूला माछा खै भनेर प्रश्न गरे ।