चियापानले राजनीतिको तितोपनलाई हटाउँछ भन्नु झूट हो : रवि लामिछाने

चियापानले राजनीतिको तितोपनलाई हटाउँछ भन्नु झूट हो : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चियापानले राजनीतिको तितोपनलाई हटाउँछ भन्नु झूट भएको टिप्पणी गरेका छन् ।

बुधबार नेकपा एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको बताए ।

‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्छ । राजनीतिक तिक्तताको मुद्दा छुट्याउनुपर्छ । अनि बैठक बस्नुपर्छ । यसका लागि रास्वपा सधैं नै तयार छ,’ उनले भने, ‘यो बीचमा भएका कमी कमजोरीहरूलाई कमसेकम सूचीगत गरेर यो ३–४ वर्ष तपाईंहरू हामीलाई प्रतिपक्षमा छाडेर काम गर्नुस् भनेर मैले मुलुकको अवस्थाप्रति चिन्ता प्रकट गरेर सद्भावपूर्ण रूपमा भनेको हो । आमजनताको जीवनमा एक किसिमको तनाव देखिएको छ । त्यसलाई राष्ट्रिय रूपमा सम्बोधन गर्नका लागि सबै दलहरू मिलेर लागौं । हामी त नयाँ आएका हौं, हामी प्रतिपक्ष सम्हाल्छौं भनेर भनेका छौं ।’