देशका लागि रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने होइन : रवि लामिछाने

देशका लागि रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने होइन : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशका लागि रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने अवस्था नरहेको बताएका छन् ।

रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र समस्या समाधानका लागि भूमिका अनिवार्य भएको खण्डमा सरकारमा सहभागी हुने बताए ।

उनले भने, ‘अहिले यही अवस्थामा सरकारमा जाने कुनै सोच छैन । मुलुकको आवश्यकता र देशको समस्या समाधानका लागि सरकारमा रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने होइन ।’

उनले प्रतिपक्षको रूपमा रहेर जनताको जनजीविकाका मुद्दालाई बुलन्द पारेको उनले बताए ।