काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा आक्रमणको प्रयास भएको छ ।
पोखराको अमरसिंह चोकमा आयोजित सभामा सभापति लामिछानेले सम्बोधन गर्ने क्रममा शनिबार लमजुङ स्थायी घर भएर पोखरामा बस्ने सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् ।
उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो । रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ ।
कार्यालयका प्रहरी निरीक्षक विनोद श्रेष्ठले रानाभाटलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए ।
प्रतिक्रिया