रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्याल भारत प्रस्थान गरेका छन् ।

जनवरी २८ र २९ तारिक अर्थात् माघ १४ र १५ गते भारतको नयाँदिल्लीमा हुने नेपालीहरूको कार्यक्रमलाई सम्बोधन गर्न सभापति र उपसभापति भारत गएका रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सभापति लामिछाने आज शनिबार नयाँदिल्ली र भोलि आईतबार हैदराबादमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

सभापति लामिछाने भारतमा रहँदा कार्यबाहक सभापतिको जिम्मेवारी रास्वपा उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ ।