चिनियाँ उपमन्त्रीको टोलीले भेट्यो रास्वपा सभापति लामिछाने

चिनियाँ उपमन्त्रीको टोलीले भेट्यो रास्वपा सभापति लामिछाने


काठमाण्डु – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायान नेतृत्वको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भएको भेटमा २ पक्षीय चासो र हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

दुवै नेताले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा २ राजनीतिक दलबीच थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ टोलीले विभिन्न दलका नेता र पदाधिकारीसँग भेटवार्ता गरिरहेको छ ।