खेलाडीको हौसला बढाउन गृहमन्त्री लामिछाने नेपाली जर्सीमा

खेलाडीको हौसला बढाउन गृहमन्त्री लामिछाने नेपाली जर्सीमा


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारस्थित कार्यकक्षमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएका छन् ।

मंगलबार संसद्मा पनि रास्वपाका सांसदहरूले नेपाली जर्सी लगाएका थिए । सांसदहरूले नेपाली राष्ट्रिय टोलीका विश्वकप खेलमा जीतका लागि हौसला दिन र नेपाली खेल प्रेमीलाई उत्साहित बनाउन जर्सी लगाएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार नेपालले नेदरल्याण्ड्ससँग टी–२० विश्वकप प्रतियोगिताको खेल खेल्दैछ ।