गृहमन्त्री रवि विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्काे पेशी असार १८ गते

गृहमन्त्री रवि विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्काे पेशी असार १८ गते


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि शुक्रबार रिटलाई हेर्दाहेर्दैमा राखेको छ ।

रिटलाई हेर्दाहेर्दैमा राखेर असार १८ गतेका लागि पेशी तोकिएको सर्वाेच्चले जनाएको छ ।

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रभावित पारिएको दाबी गर्दै गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने माग राखेर रिट दायर गरेका थिए ।