गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ ।

रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानूनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।