सरकारमा गएर सोचेजस्तो काम गर्न सकिएन : मन्त्री लामिछाने

सरकारमा गएर सोचेजस्तो काम गर्न सकिएन : मन्त्री लामिछाने


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारमा गएर सोचेजस्तो काम गर्न नसकिएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति लामिछानेले सरकारमा गएर गरेका कामप्रति सन्तुष्ट नरहेको बताए ।

सरकारमा गएपछि आफूले सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीबीच राम्रो काम गरेको उनले दाबी गरे । रास्वपाले सरकारमा गएर सुशासनको शंखनाद गरेको दाबी गर्दै उनले सोही कारणले रातारात २ ठूला दल एक ठाउँमा आएको बताएका छन् ।