चितवनमा रवि लामिछानेविरुद्ध कालो ब्यानर प्रदर्शन

चितवनमा रवि लामिछानेविरुद्ध कालो ब्यानर प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कालो ब्यानर प्रदर्शन गरिएको छ ।

सभापति लामिछाने चितवन आएको मौकामा शिव शिखर र साहारा चितवन सहकारीका पीडितहरूले नाराबाजी गर्दै कालो ब्यानर प्रदर्शन गरेका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकामा रास्वपाले शुक्रबार सार्वजनिक सुनुवाइ गरेको मौकामा सहकारी पीडितले नाराबाजी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको बताए । लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन चितवन आएका थिए ।