रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सोही मुद्दामा मिडिया सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।