रवि लामिछानेविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चल्ने, यस्तो छ पक्राउको आधार

रवि लामिछानेविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चल्ने, यस्तो छ पक्राउको आधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा चल्ने भएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत प्रतिवादी भएको मुद्दामा लामिछाने पक्राउ पर्न लागेका छन् । उनलाई पक्राउ गर्न प्रहरी टोली रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुगिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउ गरेर पठाइदिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, अपराध अनुसन्धान शाखा भद्रकालीलाई शुक्रबारै पत्राचार गरेको छ ।

पत्रमा भनिएको छ, ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भइआएको हुँदा पक्राउ अनुमति यसैसाथ संलग्न राखी पठाइएको छ ।’

पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले कानूनलाई सघाउने प्रतिबद्धता जनाएका छन् । रास्वपा नेताहरूले प्रहरीलाई स्वागत गर्न र प्रतिवाद नगर्न निर्देशन दिएका छन् ।