घण्टीघरबाट रवि लामिछाने पक्राउ, पोखरा लगिँदै

घण्टीघरबाट रवि लामिछाने पक्राउ, पोखरा लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पार्टी केन्द्रीय कार्यालय घण्टीघरबाट पक्राउ गरेको छ ।

कास्की जिल्ला अदालतले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले शुक्रबार लामिछानेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले न्यायिक प्रक्रियालाई मान्ने प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानूनी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ,’ उनले भने ।

कास्की जिल्ला अदालतले शुक्रबारै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।