सांसद रवि पक्राउको जानकारी सभामुखले पाएपछि सूचना प्रकाशित (सूचनासहित)

सांसद रवि पक्राउको जानकारी सभामुखले पाएपछि सूचना प्रकाशित (सूचनासहित)


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले पाएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ ।

सांसद लामिछानेलाई कास्की जिल्ला अदालतको अनुमतिमा फौजदारी कसूरको अनुसन्धानका क्रममा शुक्रबार पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख घिमिरेलाई दिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार सूचना प्रकाशित गर्दै पक्राउको जानकारी सभामुखलाई लेखी आएको जनाएका छन् ।

सहकारी ठगी तथा संगठित अपराधको कसूरमा अनुसन्धान गर्न प्रहरीले रविलाई पक्राउ गरेको छ । गोरखा मिडिया प्रालि सञ्चालनका क्रममा सहकारीको करोडौं रकम ल्याएर परिचालन गरेको आरोप छ ।

यस्तो छ सूचना –