रवि लामिछानेको नाममा अर्काे पक्राउ पुर्जी जारी, जिल्ला अदालतको अनुमति

रवि लामिछानेको नाममा अर्काे पक्राउ पुर्जी जारी, जिल्ला अदालतको अनुमति


रुपन्देही – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले रवि समेतलाई पक्राउ गर्न अनुमति दिएको छ ।

पक्राउ पुर्जी जारी हुनेमा लामिछाने, छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङ छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा रवि हाल पोखरा प्रहरीको हिरासतमा छन् ।

यस्तो छ पक्राउ पुर्जी –