काठमाण्डु– स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पोेखराबाट काठमाडौैं ल्याइएका रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो ।
लामिछानेको बयानलाई सरकारी वकिलले भोलि पनि निरन्तरता दिने भएको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।
प्रतिक्रिया