पोखरा – सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार पर्साबाट पोखरा पुर्याउँदा रक्तचाप उच्च देखिएको छ ।
पोखरा पुर्याएर लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बताए । फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूको दाबी छ ।
प्रहरीले लामिछानेलाई हिरासतमै राख्ने भएको छ । लामिछानेलाई थुनामा राख्न आईतबार थपिएको म्याद बुधबार सकिएको छ । बिहीबार पुनः म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी छ ।
प्रतिक्रिया