काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बन निलम्बन गर्न पत्र संसद सचिवालयमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ ।
निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हो ।
रविविरुद्ध आजै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा चन्द्रकान्त लामिछानेको नाति, लालाचन्द्र लामिछाने र नन्द कुमारी लामिछानेको छोरा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध महाकाल स्थायी वतन भई हाल जिल्ला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ हात्तिगौडा बस्ने चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१।०९।०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र (दर्ता नं. २०८१–cl–०४३५) दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको च.नं. १४६३ मिति २०८१।०९।०७ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त पत्र यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।’
प्रतिक्रिया