रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन

रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।

संसद् सचिवालयले सोमबार उनको पद निलम्बन भएको सूचना प्रकाशित गरेको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धीमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बन भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सूचना टाँस गर्दै मुद्दाको किनारा नभएसम्मका लागि रविको सांसद पद निलम्बन भएको जनाएका छन् ।

सूचनामा उल्लेख छ, ‘शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

हेर्नुहोस् सूचना –