सहकारी ठगी मुद्दामा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस कहिले ?

सहकारी ठगी मुद्दामा रवि लामिछानेको बयान सकियो, थुनछेक बहस कहिले ?


काठमाण्डु – सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सकिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

मुद्दा अन्तर्गत हालसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी रहेको छ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्रै थुनछेक बहस र आदेश हुने अधिकारीले जानकारी दिए ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । गत आईतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।