रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश


काठमाण्डु – सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतले लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०० रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ ।