कास्कीबाट धरौटीमा छुटे पनि रवि लामिछाने पुनः पक्राउ पर्ने

कास्कीबाट धरौटीमा छुटे पनि रवि लामिछाने पुनः पक्राउ पर्ने


काठमाण्डु – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरे पनि उनी पुनः पक्राउ पर्ने भएका छन् ।

यसअघि नै पक्राउ पुर्जी जारी भइसकेका जिल्लामा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सम्बन्धित जिल्लामा पठाउने छ । सभापति रविविरुद्ध काठमाण्डु, रुपन्देही लगायत जिल्लामा पक्राउ पुर्जी जारी भइसकेको छ ।

कास्की जिल्ला अदालतले रविलाई ६५ लाख र पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटीमा रिहा गरेको छ ।

कास्की अदालतको आदेश कास्की जिल्लाका हकमा मात्रै लागू हुने भएकाले अन्य जिल्लाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा नै राख्नेछ । काठमाण्डु जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाण्डु पुर्‍याउनेछ ।