काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
रविको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशमा हुने छ । अधिकारी काठमाडौं जिल्ला अदमलतका ६ नम्बर वरियताका न्यायाधीश हुन् ।
रविको बयान सकाएर आजै थुनछेक बहस हुने बताइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया