काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि अदालतमा उपस्थित गराइएको हो । कास्की बाट धरौटीमा छुटेपछि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो ।
मंगलबार सार्वजनिक बिदा परेकाले थुनछेक बहस हुन सकेको थिएन ।
बुधवार लामिछानेका वकिलको बहस गर्नेछन् । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।
प्रतिक्रिया