काठमाण्डु – सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् ।
बुधबार जिल्ला अदालत काठमाण्डुले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएपछि बैंक ग्यारेन्टीको प्रक्रिया पूरा गरेर उनी साँझ ७ बजे रिहा भएका छन् ।
धरौटीमा रिहा भएपछि रविले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’
यसअघि सहकारी ठगी प्रकरणमै उनी पोखराबाट पनि धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया