रुपन्देहीमा रवि लामिछाने श्रीमती निकिताको जिम्मा, थुनछेक बहस भोलि

रुपन्देहीमा रवि लामिछाने श्रीमती निकिताको जिम्मा, थुनछेक बहस भोलि


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले श्रीमती निकिता पौडेलको जिम्मा लगाएको छ ।

अदालतमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधबार बयान सकिए पनि थुनछेक बहस नभएपछि बिहीबार उपस्थित हुने गरी श्रीमती निकिताको जिम्मा लगाइएको छ ।

बुधवार बिहान रवि अदालतमा उपस्थित भएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिउँसो १ बजेदेखि सुरु भएको बयान साँझ करीब ५ बजे सकिएको थियो । बयान सकिएर थुनछेक बहसका लागि समय नहुँदा बिहीबार बिहान साढे १० बजे उपस्थित हुने गरी रविलाई जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।