सुप्रिम सहकारी ठगीमा थुनछेक बहस हेर्दाहेर्दैमा, रवि लामिछानेलाई परिवारको जिम्मा

सुप्रिम सहकारी ठगीमा थुनछेक बहस हेर्दाहेर्दैमा, रवि लामिछानेलाई परिवारको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी वकिलको बहस सकिएको छ ।

थुनछेक बहस हेर्दाहेर्दैमा रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका प्रतिवादी रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

बिहीबार जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा सरकारी वकिलको तर्फबाट बहस भए पनि पीडित पक्षका २ वकिल र रविका वकिलको बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ ।

यसअघि बुधबारको इजलासमा रविको बयान भएको थियो । न्यायाधीश योगीले बिहीबार पनि रविलाई परिवार र उनका वकिलको जिम्मा लगाएका छन् । सहकारी ठगीका प्रतिवादीलाई परिवारको जिम्मा लगाएकोमा सरकारी वकिलले असन्तुष्टि जनाएका थिए ।