काठमाण्डु – सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले आरोपी रवि लामिछानेसँग १ करोड धरौटी मागेको छ ।
बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा अदालतले लामिछानेसँग १ करोड धरौटी लिएर रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटी लिएर रविलाई रिहा गर्न आदेश दिएको छ । लामिछानेसँग यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाण्डु जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया