धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।

सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छुट्न आदेश पाएका लामिछाने आदेश बदर गरी पाउ भन्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

सोहि धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि उच्च अदालत पुगेका हुन् ।