राजावादीको प्रदर्शनबारे रवि लामिछानेले भने – त्यो हजारौंको हुल जनताकै हो नि !

राजावादीको प्रदर्शनबारे रवि लामिछानेले भने – त्यो हजारौंको हुल जनताकै हो नि !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजासंस्थाको पक्षमा आईतबार भएको प्रदर्शनमा सहभागी हजारौंको हुल जनताकै भएको टिप्पणी गरेका छन् ।

सोमबार मुद्दाको सुनवाइका लागि जिल्ला अदालत रुपन्देही पुगेका सभापति रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनता सडकमा आइरहेकोबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

‘यो दुईतिहाइको सरकार भन्या होइन र ? हामीले त भ्रष्टाचारविरुद्ध ठूलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । ती सबै बन्द भए भन्ने सुनेको छु । ७ महिनाअघि हामीले सरकार बुझाउँदा विभिन्न मानिसको गिरफ्तारी भएको थियो । माइतीघर मण्डला बन्द रहेकोमा हामीले खुला गरेका थियौं,’ उनले भने, ‘अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी त दुईतिहाइको सरकारले नै लिनुपर्छ । सरकारलाई सबै थाहा हुनुपर्ने हो । त्यो हजारौंको हुल जनताकै हो नि ।’