काठमाण्डु– उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश गरेको छ ।
शुक्रबार उच्च अदालत तुलसीपुर बुटवलमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो ।
आदेशसँगै लामिछानेले अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिने बताएका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन् : ‘न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।चितवनको सभा नरोक्नुस्।’
यस्तै लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ ।अदालतले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो ।
उनको निवास बूढानीलकण्ठमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।
प्रतिक्रिया