सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सर्वोच्च अदालतले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेशको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।

भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

रवि पत्नि निकिता पौडेल आफै गएर निवेदन दर्ता गराएकी थिइन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न दिएको आदेश उल्ट्याउदै उच्च अदालत बुटवल तुलसीपुरले  चैत २२ गते थुनामा राख्न आदेश दिएको थियो ।