रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले रिट निवेदन हेर्न नमिल्नेमा राखेको हो ।

सोमबार फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् ।

आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत् आइतबार सर्वोच्चमा निवेदन दिएका थिए।

यस्तै आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ।